10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

पसलमा आगलागी, ८० लाख मूल्य बराबरको क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५  

धनगढी/   धनगढीको उपमहानगरपालिका–२ ट्राफिक चौराहामा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजमा सोमबार अपराह्न भएको आगलागीबाट करीब रु ८० लाख मूल्यबराबरको व्यापारिक मालसामान नष्ट भएको छ ।
दुईतल्ले भवनमा रहेको उक्त पसलमा बिजुलीको लाइन चुहावट भएर यो आगलागी भएको हो । आगो लागेको झण्डै एक घण्टापछि धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा प्रहरीले आगो नियन्त्रणमा लिएको हो ।
आगलागीबाट प्रेमप्रसाद गौतमको पसलमा रहेको जुत्ता, चप्पललगायत व्यापारिक मालसामान नष्ट भएको छ । धनगढी उपमहागरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएको छ ।
आगलागीपछि धनगढी क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । -रासस
प्रकाशित मितिः मङ्लबार, कार्तिक ६, २०७५     8:24:56 AM  |