25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

आज विजया दशमी हर्षोल्लासपूर्वक मनाईदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २, २०७५  

कोहलपुर २ कार्तिक आज / यो वर्षको हिन्दूहरुको महान चाड विजया दशमीको दिन टिका ग्रहण गरी हर्षोल्लासपूर्वक मनाइदै छ । आ–आफ्ना मान्यजनबाट टिका, जमरा ग्रहण गरी आशीर्वाद लिने र दही, चिउरा, मासु खाएर आज यो पर्व धुमधामसँग मनाइदै छ ।

असत्यमाथि सत्य र दानवीय शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा हिन्दू धार्मावलम्बीहरुले पौराणिक कालदेखि विजया दशमी मनाउने प्रचलन रहि आएको छ । यो अवसरमा विजयको प्रतीक रातो टिका निधारमा लगाउने र शीरमा पहेंलो जमरा सिउरिने गरिन्छ । यसले गर्दा विजया दशमीलाई विजय र हर्षोल्लासको पर्व पनि भन्ने गरिन्छ

हिन्दू परम्परा अनुसार आजबाट पूर्णिमासम्मै करिब ५ दिन आफन्त र मान्यजनको टिका ग्रहण गर्ने प्रचलन रही आएको छ । कोसेलीपात लिएर मान्यजनको घर घरमा जाने र टिका तथा जमरा ग्रहण गर्नेको ताँती आउँदो पूर्णिमासम्मै देख्न पाइन्छ । निधारमा रातो टिका र शीरमा पहेँलो जमराले सजिएर राम्रा लुगा लगाएर हिड्नु हिन्दू संस्कृतिको एक पहिचान पनि हो । यो अवसरमा मिसन मल्टिमिडिया प्रा।लि। को तर्फबाट सबै पाठक वर्गमा हार्दिक मङ्गलमय शुभकामना ।

 

प्रकाशित मितिः शुक्रबार, कार्तिक २, २०७५     8:01:31 AM  |