25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

जेष्ठ नागरिकलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुरमा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कोहलपुरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा (आयुर्वेद)को आयोजना र पतञ्जली योग समिति कोहलपुर पाईलट ग्रुप बाँकेको समन्वयमा कोहलपुर नागपालिका भित्रका ४० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने बताउँदै जेष्ठ नागरिकलाई राज्यले पनि विशेष सेवा सुविधा दिनुपर्नेमा जोड दिए ।

साथै जेष्ठ नागरिकको रक्तचाप परिक्षण गरिएको थियो । कार्यक्रममा पतञ्जली योग नगरकमिटिकी उपाध्यक्ष कमला अधिकारीले निजी लगानीमा करिब ४० थान रुमाल तथा भगवानका तस्बिरहरु प्रदान गरेकी थिइन् ।

साथै जेष्ठ नागरिक भोलाबाट लामिछानेको अध्यक्षतामा ११ सदस्य जेष्ठ नागरिक नगर कार्यसमिति कोहलपुर गठन गरिएको छ । सो अवसरमा जेष्ठ नागरिकहरुलाई निःशुल्क आयुर्वेकि औषधी समेत वितरण गरिएको थियो । कार्यक्रम जेष्ठनागरिक निमादेवी पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज १६, २०७५     8:40:54 AM  |