29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

अखिल (क्रान्तिकारी) को महेन्द्र बहुमुखी क्यापसको मुल ईकाइ कमिटी गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५  

कोहलपुर/   नेत्र विक्रम चन्द नेतृत्वको (नेकपा) निकट भातृ संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्यापस नेपालगन्जको पाँचौँ ईकाइ सम्मेलन सम्पन्न भएको छ । “देश र जनताको सेवाको लागि अध्ययन गर्न युवा विद्यार्थीहरुमा हाम्रो आवहान, निजीकरण र व्यापारिकरणका विरुद्ध वैज्ञानिक समाजवादी शिक्षाका लागि पाँचौँ ईकाइ सम्मेलन” भन्ने मुल नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनबाट डिल्ली क्षेत्रीको अध्यक्षतामा महेन्द्र बहुमुखी क्यापस नेपालगन्जको मुल ईकाइ कमिटी समेत गठन गरिएको छ । जसको उपाध्यक्षमा उपेन्द्र रावल, सचिवमा दपेन्द्र फडेरा क्षेत्री, सह–सचिव दिपेन्द्र बोहरा, कोषाध्यक्षमा अदूष्या राई चयन भएका छन् । यस्तै सदस्यहरुमा विमल जैसवाल लगायत २१ सदस्यीय क्यामपस मुल इकाई कमिटी गठन गरिएको अखिल (क्रान्तिकारी) बाँकेका सचिव डि.बी.शाहीले जानकारी दिए ।

सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्दले नेपालको शिक्षा क्षेत्रमा व्यापक भ्रष्टीकरण, निजीकरण, दलालीकरणसँगै माफियाकरण हावी हुँदै गएको बताए । यस्तो प्रवृत्तिले नेपालको शिक्षा क्षेत्रलाई नै धरासयी बनाएको भन्दै अध्यक्ष चन्दले यसको विरुद्ध सबै एकजुट लाग्न आग्रह गरे ।

साथै उनले शिक्षाप्रति राज्यको नीति विभेदपुर्ण रहेको बताउँदै अहिलेको यस्तो असमान तथा अव्यावहारिक किसिमको शिक्षाको बिकल्प वैज्ञानिक समाजवादी शिक्षा नेपालमा लागु हुनुपर्ने उनको भनाइ थियो । साथै संसदिय पुँजीवादी व्यावस्थाद्वारा निर्देशित अहिलेको शिक्षा प्रणाली आम विद्यार्थीको हितमा नभएकोले यसको लागि नेपाल कम्यूनिष्ट पार्टीले लिएको मालेमावादपछि पछिल्लो समयमा एक्काइसौं सताव्दीकै विकशित कार्यदिशा एकीकृत जनक्रान्तिको माध्यामबाट वैज्ञानिक समाजवादी व्यावस्था स्थापना गर्ने महाअभियानमा लामवद्ध हुन सम्पूर्ण विद्यार्थीहरुमा अपिल समेत गरे ।

सम्मेलनमा अखिल (क्रान्तिकारी) का पुर्व केन्द्रीय सदस्य तथा नेपाल कम्यूनिष्ट पार्टी बाँकेका जिल्ला कमिटी सदस्यका इन्चार्ज चक्र विसी, जिल्ला उपाध्यक्ष प्रकाश ओली, जिल्ला सचिव डि.बि. शाही लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । हरिशंकर प्याकुरेलको अध्यक्षतामा सम्पन्न सम्मेलनमा आयोजक समिति सदस्य उपेन्द्र रावलले स्वागत मन्तव्य र सञ्चालन डिल्ली क्षेत्रीले सञ्चालन गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, अशोज ११, २०७५     11:22:50 AM  |