बर्दिया/ उद्योग वाणिज्य संघ कुसुम्वा बजार बर्दियाको भवन शिलान्यास गरिएको छ । भवनको आइतबार एक कार्यक्रमका विच प्रमुख अतिथि समेत रहेका उद्योग वाणिजय महासंघ प्रदेश नं.५ का अध्यक्ष गुणनिधि तिवारीले शिलान्यास गरेका हुन् ।
भवन शिल्यानास कार्यक्रममा प्रदेश नं ५ का सांसद कुल प्रसाल पोख्रेल , मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्री, उपप्रमुख सुवरानी थारु, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णा श्रेष्ठ, उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का सदस्य एवम घरेलु तथा साना उद्योग महासंघका संयोजक नरेन्द्र प्रसाद शर्मा, बर्दिया क्षेत्र नं. ३ का पूर्व सांसद खगराज शर्मा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, मधुवन नपाका वडा १ देखि ९ सम्मका वडा अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंथाका प्रतिनिधि, उद्योगी, शिक्षक, समाजसेवी, व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।
यस्तै संघको भवन निर्माणको लागि समाजसेवी सुरेस पन्तले ५ लाख, नुरी स्टोर क्रेसर मधुवन नपा बर्दियाका समिन हाल्वाई २ लाख ५० हजार, लिला इन्टरनेशनल प्रालिबाट १ लाख २५ हजार, समाजसेवी कुल बहादुर बढुवाल १ लाख ५ सय ५१, समाजसेवी एवं उद्योगपति टंक प्रसाद पौडेल १ लाख सहयोग गर्ने चन्दाताहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम उद्योग वाणिज्य संघ कुसुम्बा बजार बर्दियाका अध्यक्ष देवेन्द्र प्रसाद तिमिल्सेनाको सभापतित्वमा सम्पन्न भएको थियो ।