28 February 2021  |   सोमवार, फाल्गुन १७, २०७७

निःशुल्क क्यान्सर जाँच शिविर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५  

नेपालगन्ज/  मारवाडी युवा मञ्चले नेपालगन्जमा निःशुल्क क्यान्सर जाँच शिविर सञ्चालन गरेको छ । क्यान्सरको शुरुवाती अवस्था पत्ता लगाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क क्यान्सर जाँच शिविर आयोजना गरिएको मारवाडी युवा मञ्च बाँकेका अध्यक्ष महेश अग्रवालले बताए ।

अखिल भारतीय मारवाडी युवा मञ्चको सहयोगमा आयोजना गरिएको शिविरमा मुखको सम्पूर्ण जाँचका साथै महिलाको पाठेघरको क्यान्सर, सुगर, ब्लडप्रेसर, रगतको सबै प्याथालोजी जाँचसमेत निःशुल्क प्रदान गरिएको शिविरका संयोजक प्रविण सरावगीले जानकारी दिए ।

दैनिक ८० हजार शुल्क तिरेर ‘क्यान्सर डिटेक्शन भ्यान’ ल्याएको उनले बताए । क्यान्सरको पहिलो ‘स्टेज’ पत्ता लगाउन सकिए मानिसको ज्यान जोगाउन सकिने भएकोले शिविर आयोजना गरेका सरावगीले जिकिर गरे ।-sadarline

शिविरमा पाँचसय जनाको स्वास्थ्य जाँच गर्ने लक्ष्य रहेको भन्दै उनले शिविरमा आएका विरामीको निःशुल्क डिजिटल एक्स–रे सेवासमेत उपलब्ध गराइएको जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५     7:56:49 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *