8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

सानीमाले गर्यो वित्तिय साक्षरता कार्यक्रम

यानबी साहु
प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५  

बाजुरा/  बाजुराको हिमाली गाउँपालिकाको सबैभन्दा धेरै घरधुरी भएको वडा नम्बर ६ धिममा मंगलबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । सानीमा बैंक हिमाली शाखाको आयोजनामा सो वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै सानीमा बैंक हिमाली शाखाका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले यस बैंकले हिमाली शाखा मार्फत सम्पूर्ण अत्याधुनिक बंैकिङ्ग सेवा सुविधा उपलब्ध गराउने बताउँदै मुलुकभर रहेका आफ्ना ७४ वटा शाखा सञ्जालबाट अन्तरबैंक कारोबार गर्न सकिने जानकारी दिनुभयो ।

संसारका जुनसुकै कुनाबाट पनि ३१ वटा रेमिट्यान्स कम्पनीमार्फत प्राप्त भएको रकम सरल र सहज तरिकाले भुक्तनी लिन सकिने बताउनु भयो । साथै यस बैंकबाट रेमिट्यान्स गरी पठाएको रकम देशभरका ८ हजार भन्दा बढि रेमिट एजेन्टमार्फत तुरुन्तै भुक्तानी पाउन सकिने पनि उहाँले जानकारी गराउनु भयो ।

यसअघि यस भेगका स्थानीयहरु कुनै पनि वित्तिय कारोवार गर्न करिव १६ किमी पैदल हिडेर कोल्टीसम्म जानुपर्ने बाध्यता थियो । सानीमाको हिमाली शाखाले ती सेवा सुविधा गाउँमै सुरुवात गरेपछि १६ किमी हिडेर कोल्टीसम्म जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

कार्यक्रममा सानीमा बैंकले सोही गाउँपालिका वडा नं.६ धिमका दुईजना जेष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो । धिमका ८६ वर्षीय परिमल सार्की र ८१ वर्षीय बाटु राउतलाई हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल र उपाध्यक्ष चन्द्रा देवी बुढाले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रा देवी, सात वटै वडाका वडाध्यक्षहरु, सुदूर पश्चिमकी चर्चित देउडा कायिका पानसरा थापा, पिलीचभौर इलाका प्रहरी कार्यालयका प्रहरीप्रमुख, स्थानीय उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगायत छिमेकी जिल्ला मुगु र हुम्लाबाट गरी करिब ६ सय बढिको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५     8:36:55 AM  |