कोहलपुर/ कोहलपुर उद्योग वाणिज्य संघले आफ्नो ७ बुँदे माग राखी कोहलपुर नगरपालिकामा ज्ञापन पत्र पेश गरेको छ । कोहलपुर, राप्तीसोनारी र बैजनाथ गाँउपालिका क्षेत्रका उद्योगी, व्यापारीहरुको हक, हित र संरक्षणमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको वाणिज्य संघ कोहलपुरले नगरपालिकाका प्रमुख लुटबहादुर रावत समक्ष आफ्नो माग सहितको पत्र बुधबार पेश गरेको हो ।
ज्ञापन पत्र बुभ्mदै नगर प्रमुख रावतले व्यापारीहरुका हक, हितका निम्ती न्यायोचित सम्वोधन हुने बताएका छन् । तिनै तहको निर्वाचन पछि सरकारहरु निर्माण भई आ–आप्mनो नीति नियम र कानुनहरु निर्माण गर्दै जनतालाई सुशासन, समृद्धि र सुखी बनाउने उद्देश्यका साथ आफू लागिपरेको बताउँदै नगर प्रमुख रावतले निजि क्षेत्र, सरकारी र सरकार मिलेर स्थानिय स्तरको आर्थिक विकासको लक्ष्यमा लागिपर्ने बताए ।
ज्ञापन पत्र पेश गर्दै उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र बहादुर अधिकारीले तत्ककाल ७ बुँदे ज्ञापनपत्र मार्फत स्थानीय सरकारको ध्यान आकर्षण गराएको बताए । उनले कोहलपुर नगरपालिकाले तगाएको घरभाडा न्योयोचित नभएकाले सर्वपक्षित भेला गरी उद्योग वाणिज्य संघको सहमती र छलफलबाट उचित भाडादर तोकिनुपर्ने, घर बहाल कर घरधनीले तिनुपर्ने, ब्यवसायीक कर समेत उद्योग वाणिज्य संघको सहमती बिना मनोमानी ढंगले वृद्धि गरिएकाले वृद्धि कर वापतको रकम घटाउनुपर्ने र पुरानो दर कायम गर्नुपर्ने आप्mना मागहरु रहेको स्पष्ट पारे ।
साथै फोहोरको उचित व्यवस्थापन र फुटपाते व्यापारीहरुलाई व्यवस्थापन गरी एकीकृत सम्पत्ति करलाई वैज्ञानिक र व्यवहारिक रुपमा तोक्नु पर्नेमा जोड दिए । राजमार्ग छेउछाउमा बनेका घरहरुको २१ मिटर लागत कट्टा गरी अभिलेखिकरण गरियोस भन्ने आप्mनो जोडदार माग रहेको बताए । वाणिज्य संघको तर्फबाट संघका महासचिव तेजप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष नरेन्द्र प्रसाद शर्मा, वरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा, उप–महासचिव मात्रिका सापकोटा लगाएत सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्