कैलाली/ कैलालीको लम्कीचुहा नगरपालिका २ मोतिपुरमा गोठमा बाँधेको गाईलाई करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
लगातार करिब ६÷७ महिनादेखि गोठमा गाई असहज भएको, गोठको बस्तुस्थितिमा शङ्का लागेपछि लम्कीचुहा नगरपालिका वडा नम्बर २ का गाईमालिक पदमबहादुर बुढा सत्य कुरा पत्ता लगाउन गएराति गोठमा लुकेर बसेका थिए ।
राति करिब २ बजेको समयमा गोठ भित्र पसेर गाइका खुट्टा बाँधी करणीको प्रयास गर्दा कालिया जानकी गाउँपालिका घर भएका अन्दाजी २५/३० वर्षका विकास चौधरीलाई समातेर इलाका प्रहरी कार्यालय लम्कीलाई बुझाएको पदमबहादुरले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय लम्कीले भने गाई करणी भएको ठोस आधार नभएको गाईलाइ बन्धक मात्र बनाएकोले थप अनुसन्धानसहित कारबाहिको लागि जिल्ला प्रहरी कार्यालय चलान गरेको बताएको छ ।
प्रकाशित मिति : २०७५ साउन २४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्