बैतडी/ बैतडीको दोगडाकेदार गाउपालिकाले गाउपलिकाले अभिभावकविहीन बालबालिकाका लागि मासिक २ हजार रुपैयाँ भत्ता दिने भएको छ ।
गाउँपालिकाको सबै वडाका अध्यक्षहरु अभिभावक नभएका बालबालिकाको तथ्याङ्क सङ्कलनका लागि जुटेका छन् । १८ वर्ष मुनिका आमाबुबा गुमाएका बालबालिकालाई भत्ता दिनको लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको हो ।
बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन् र उनीहरुको पढाइमा कुनै किसमको पनि समस्या नहोस भनेर गाउँपालिकाले मासिक २ हजार दिन लागेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।
८ वटा वडा रहेको गाउँपालिकामा सबै वडाका अध्यक्षहरुलाईत्यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउपालिकाले निर्देशन दिइसकेको अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
प्रकाशित मिति : २०७५ साउन २४ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्