29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

ओम अष्ट ब्युटी केयर सञ्चालनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १७, २०७५  

कोहलपुर/  सौन्दर्य पारखी तथा ब्युटिसिय तालिम सिक्न चाहनेहरुका लागि कोहलपुरमा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको छ ।

भारतबाट ब्युटिसियनसम्बन्धी तालिम सिकेका दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा बिहीबारदेखि कोहलपुर स्थित होन्डा सोरुम नजिकै ओम अष्ट ब्युटी केयर ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको हो ।

सो ट्रेनिङ्ग सेन्टरको कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कुमारी चौधरी र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयूक्त औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कर्यक्रममा नगर उपप्रमुख चौधरी र वाणिज्य संघका अध्यक्ष अधिकारीले ट्रेनिङ्ग सेन्टर सञ्चालनमा ल्याएकोमा सञ्चालकलाई सफलताको शुभकामना दिएका थिए ।

करिब दुई लाखको लगानीमा सञ्चालनमा आएको ट्रेनिङ्ग सेन्टरमा ब्यूटिसियन सम्वन्धी बेसिक तथा डिप्लनेमा सर्ट स्पेशल कोर्ष, सिटिइभिटीको लेभल १ को लागि तयारी कक्षाहरु सञ्चालन गरिने सञ्चालक सगुन घर्तीले जानकारी दिइन् ।

उक्त सेन्टरमा नाइल आर्ट, मेहेन्दी मेकअप तथा हेयर कटको व्यवस्था हुनुका साथै इण्डियन, पञ्जवी, पट्याला स्पेशल सुरुवाल कुर्ता सिलाइने सञ्चालक घर्तीले बताइन् ।

प्रकाशित मितिः बिहिबार, साउन १७, २०७५     8:07:06 PM  |