कैलाली/ कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर पतिको हत्या गरेकी छन् ।
ईलाका प्रहरी कार्यालयले भजनीले दिएको जानकारी अनुसार पत्नी निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको इलाका प्रहरी कार्यालय भजनीका ईन्चार्ज प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्द बताउनुभयो ।
उनको शव घर नजिकैको जंगलमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो । शव डोरीले खुट्टा बाँधेर बोरामा राखेको अवस्थामा खाल्डोभित्र भेटिएको चन्दले जानकारी दिनुभयो ।
मृतकका आफन्तले निर्मला र दिलिपबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताएका छन् । मृतक राजी साउन ४ गते हराएको भएपनि हालसम्म हराएको उजुरी नपरेको बताउँदै चन्दले पत्नी निर्मला राजी र प्रेमी दिलिप राजीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाए ।









प्रतिक्रिया दिनुहोस्