1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

सामाजिक संजालमा स्टाटस लेख्ने मजदुर नेतालाई निलम्बन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ३, २०७५  

नेपालगञ्ज/ सामाजिक संजाल फेसबुकमा संस्था सुधारका लागि स्टाटसहरु लेखेका बागेश्वरी यातायात कर्मचारी संघका अध्यक्ष विकास सापकोटालाई व्यवस्थापन पक्षले निलम्बन गरेको छ ।

निलम्बनपछि सापकोटालाई राजिनामा दिन बाध्य पारिएको छ । कर्मचारी संघबाट आधिकारिक रुपमा संघलाई स्पष्टिकरण बुझाइएकोमा व्यवसायी संघले चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेको हो ।

भेरी अञ्चल यातायात व्यवसायी कर्मचारी संगठनका अध्यक्ष शितल थापा र महासचिव लिल ारमण गिरीले बिहिवार विज्ञप्ती जारी गरी सापकोटालाई निलम्बन गरी राजिनामा दिन बाध्य बनाइएको जनाएको छ ।

एक जना श्रमिकले श्रमिक वर्गको हितका लागि विषयलाई उठान गर्दा तानाशाही ढंगले श्रमिकले बोल्न लेख्न पाउने अधिकारलाई बन्देज लगाउने कार्य भएको भन्दै श्रमिकको हक अधिकार सुरक्षाका लागि सम्वद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

बागेश्वरी यातायात व्यवसायी संघको अध्यक्षमा काँग्रेस सम्वद्ध मनप्रसाद आचार्य अध्यक्ष छन् । कर्मचारी संगठनका अध्यक्ष सापकोटा नेकपा निकटको जिफन्टका नेता हुन् । उनी बाँकेमा कम्युनिष्ट पार्टीका पुराना नेता स्व. मिलन सापकोटाका छोरा हुन् ।

प्रकाशित मितिः बिहिबार, साउन ३, २०७५     8:16:49 PM  |