कञ्चनपुर,३२ असार/ गत असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी एक युवतीको शव भेटिएको छ ।
कृष्णपुर नगरपालिका–८, आमखैयाकी १७ वर्षीय कविता विष्टको शव पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको लालझाडी जंगलस्थित खोलामा फालेको अवस्थामा भेटिएको हो ।
उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रबत्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) ज्ञानबहादुर सेठीले जानकारी दिए । उनले हत्याको आरोपमा सोही ठाउँका मदन गिरीलाई पक्राउ गरिएको सेठीको भनाइ छ ।
पक्राउ परेका गिरीले दिएको बयानको आधारमा यौन सम्पर्कपछि कविताले आत्महत्या गरेको बताइए पनि उनीसँगै रहेका अर्का एक जना भारततर्फ फरार भएको आशंका प्रहरीको छ ।
हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको डिएसपी सेठीले बताए ।
प्रकाशित मिति : २०७५ असार ३२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्