काठमाडौं/ अबको तीन दिन लगातार झरी पर्ने अनुमान गरिएको छ । तीन दिन सम्म सामान्यदेखि ठूलो वर्षाको सम्भावना रहेकाले बाढी पहिरोको जोखिम हुने मौसमविद्ले बताएका छन् ।
अन्य ठाउँको तुलनामा आज र भोलि पूर्व र पश्चिमका क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस अघि परेको पानीले जमिन भिजिसकेकाले अब पर्ने पानी पछि पहिरो र बाढीको जोखिम हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
आज दिनभरीनै देशभरी नै मौसम बद्ली भई धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने उहाँले बताउनुभयो । पूर्व र पश्चिका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि पनि पूर्व र पश्चिमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । पर्सि भने मध्य र पश्चिमी क्षेत्रमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ । अरु क्षेत्रमा सामान्य र मध्यम पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मनसुनको समयमा रातिको समयमा ठूलो वर्षा हुने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । ठूलो वर्षा हुँदा बाढी पहिरोको सम्भावना रहने र रातमा निदाईने हुँदा क्षति हुने जोखिम धेरै रहन्छ ।
आफ्नो घर बाढी पहिरोको जोखिममा रहे–नरहेकोबारे जानकारी राख्न र सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् । -उज्यालो अनलाइन