मुजामा पुगेका अर्थमन्त्री गाउँलेबाटै लखेटिए



अछाम/ प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा आफ्नै गाउँबाट लखेटिएका छन्। आइतबार भेटघाट कार्यक्रमको लागि मुजा पुगेका मन्त्रीलाई मन्त्री बोहोरालाई आफ्नै निर्वाचन क्षेत्रका रामारोशन गाउँपालिकाको मुजाबाट स्थानीय नेता–कार्यकताहरुले लखेटेका हुन् ।

मन्त्री बोहोरा आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको बजेटमा मनोमानी रुपमा योजना र बजेट विनियोजन गरेको, चुनावको बेला जनतासँग गरेको प्रतिवद्धताविरुद्ध रामारोशन क्षेत्रलाई बजेटमा उपेक्षा गरेको, आफ्नो र स्वकीय सचिवको गाउँमा आवश्यकभन्दा बढी योजना पारेको भन्दै मन्त्री बोहोरालाई कार्यक्रममै कालोझण्डा देखाउँदै कार्यकर्ताले लेखेका थिए ।

मन्त्री बोहोराले जनयुद्धको आधार क्षेत्र रामारोशनलाई उपेक्षा गरेर आफ्नो र स्वकीय सचिवका गाउँमात्रै योजना पारेका आफूहरुले कालो झण्डा देखाएको रामारोशन गाउँपालिका वडा नम्बर ६ का पर्व माओवादी केन्द्रका गाउँपालिका इन्चार्ज सुशील साउदले बताए । उनले जनतासँग चुनावको बेला गरेको प्रतिवद्धता अनुसार बजेट नआएकोले आक्रोसित जनताको नेतृत्व आफूहरुले गरेको बताए ।

त्यस्तै सोही गाउँपालिका वडा नम्बर ७ का स्थानीय नेता बिर्ख भण्डारीले मन्त्री बोहोरालाई चुनावको बेला आफूहरुले जनतासँग भोट मागेको तर चुनाव जितेपछि छोटै समयमा जनतालाई भुलेर केही स्वार्थको लागि अछाममा बजेट र योजना बाँडेकोले आफूहरुले विरोध गरेको बताए ।-sadaline

  • No tags available
प्रकाशित मिति : २०७५ असार १८ गते सोमबार