प्लाईउडका कारण सडक निर्माण कार्य अवरुद्ध



नेपालगन्ज/  नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित ओम प्लाईउड प्रालिका कारण सडक निर्माण कार्य अवरुद्ध भएको छ ।

नेपालगन्ज धम्बोझी चोकमा रहेको कृषि विकास कार्यालय हुदै वेलासपुर निस्कने बाटोमा पर्ने ओम प्लाईउडका कारण बाटो अवरुद्ध हुदा स्थानियवासी आक्रोशित भएका हुन् ।

बर्षामा डुवानको मार खेप्दै आएका बेलासपुरवासी यसपाली बाटो तथा नाली निर्माण कार्य भैरहेको देखेर खुसी भएका थिए ।

अरु ठाउँमा सडक तथा नाली निर्माण कार्य तिव्र भैरहे पनि ओम प्लाईउडको पर्खाल नभत्काउदा सडक निर्माण कार्य अवरुद्ध भएको हो ।

पर्खाल कै कारण सडक अवरुद्ध हुदा स्थानियहरुले बुधवार एक घण्टा सडक जाम समेत गरेका थिए । ओम प्लाईउडलाई बारम्बार जानकारी गराउदा पनि अटेरी गरेको कारण आफुहरु बाध्य भएर आन्दोलनमा उत्रिएको स्थानिय संगमलाल गुप्ताले बताए ।

सडक निर्माण कार्यको अवधी दुई दिन मात्र बाँकी छ दुई दिनभित्र पर्खाल हटिएन भने ठेकेदारले काम गर्दैन भन्छ त्यही भएर आन्दोलनमा उत्रिएको स्थानियको भनाई छ ।

सडक निर्माणको कार्य अन्तिम चरणमा पुग्दा समेत पटक पटकको अटेरीको कारण डोजर लगाएर पनि काम संचालनमा ल्याउने वडा नं. १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।

यस्तै ओम प्लाईउड प्रालिका प्रोप्राईटर प्रमोद जलानले पर्खाल हटाउने प्रक्रिया अगाडी बढाएको जानकारी गराउनुभयो । भित्र सामानहरु धेरै भएको र ओसारपसारमा समस्या भएको हुनाले केही समय लागेको बताए ।

सुरक्षाको हिसावले पनि हेर्नुपर्ने भएको हुनाले काममा ढिलाई भएको उहाँले बताउनुभयो । भित्रबाटै काम गर्ने प्रक्रिया शुरु गरी पर्खाल भत्काउनको लागि ठेक्का पनि दिईसकेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ७ गते बिहीबार