नेपालगन्ज,२६ जेठ/ नेपालगन्जमा शुक्रबार लागूऔषध विरुद्ध सडक नाटक प्रर्दशन गरिएकोछ । नेपालगञ्ज वडानम्बर १९ को सहयोेगमा बासले उक्त नाटक प्रर्दशन गरेको हो ।
बसुदेबपुरको आलानगर र फुटाहामा शुक्रबार सडक नाटक प्रर्दशन गरिएको हो । लागु पदार्थ विरुद्ध जनचेतना जगाउने उद्धेश्यले सडक नाटक प्रर्दशन गरिएको बासले जनाएकोछ ।
शकुन्तला शाहको निर्देशनमा प्रर्दशन गरिएको सडक नाटकमा अजय तामाङ, निलम कोइराला, आदित्य थापा, शकुन्तला शाह, किरण बुढा मगर, शर्मिला थापा मगर, प्रतिक्षा गिरी, राम सोनाम, शोभा थापा मगरले अभिनय गरेका थिए ।
प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्