संस्थागत पैरवी विश्लेषण सम्वन्धी अभिमुखीकरण



नेपालगन्ज,१९ जेठ/  सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जको संस्थागत पैरवी विश्लेषण सम्वन्धी तीन दिने अभिमुखीकरण नेपालगन्जमा शुरु भएको छ ।

समुदायमा सार्वजनिक सरोकारका विभिन्न सवालहरुलाई पहिचान गरी त्यस मुद्दामा पैरवी गर्ने विषयमा छलफल गरी कार्ययोजना निर्माण गरिनेछ ।

अभिमुखीकरणमा पैरवी लक्ष्य, योजना तथा रणनिती, पैरवी सञ्चालन, पैरवीमा संस्थाको प्रतिबद्धता, मानव संशाधन व्यवस्थापन लगायतका विषयमा विश्लेषण गरी अङ्क प्रदान गरिनेछ ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सञ्चालित अभिमुखीकरणमा एनएनएस डब्लुका विनोद विक्रम जैरु र पारस गिरीले सहजीकरण रहेको छन् ।

पैरवीका लागि शिक्षा क्षेत्रमा देखिएको समस्याअन्र्तगत बाँकेमा सामुदायिक विद्यालयमा सूचनाको पारदर्शिता र बर्दियाका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण भए नभएको बारेमा सवाल पहिचान गरी सो मुद्दामा पैरवी गर्ने कार्ययोजना तयार गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १९ गते शनिबार