समाज सेवाको ईकाई कमिटि गठन



कोहलपुर,१८ जेठ/ बाँकेको कोहलपुर नगरपालिका– १० मा बिहीबार समाज सेवा संस्था नेपालको ईकाई कमिटि गठन गरिएको छ ।

बाँके जिल्लाका विभिन्न स्थानहरुमा कमिटि गठन सिलसलिमा बिहिबार कोहलपुरको त्रिभुवन मा.वि मा ईकाई कमिटि गठन गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष निमबहादुर चलाउनेको प्रमुख आथित्यतामा गरिएको सो गठन कार्यक्रममा पुस्तिका शर्माको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरिएको छ ।

जस अन्र्तगत उपाध्यक्षमा मिना आर्चाय सचिवमा पुजा खत्री,कोषाध्यक्षमा प्रमोद थापा, सहसचिवमा तुलसीराम भण्डारी रहेका छन ।

त्यस्तै समितिको सदस्यहरुमा विनिता हमाल, बिजया पाठक,र विष्ट रहेका छन भने बाँकी ३ जना सदस्यहरुलाई बैठकबाट मनोनित गरिने भएको छ ।

कार्यक्रममा समाजसेवा संस्था नेपालका केन्द्रिय अध्यक्ष विनोद थापा संस्थाका केन्द्रिय सदस्यहरुको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १८ गते शुक्रबार