स्थानीयको अवरोधका कारण सडक निमार्ण ठप्प



कोहलपुर,५ जेठ/  मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित लुम्सा भड्डारीदेखि शोभा जोड्ने सडक निमार्ण स्थानीयवासीको अवरोधका कारण ठप्प बनेको छ ।

नगरपालिकाले ठेकेदार मार्फत डोजर प्रयोग गरेर सडक खन्ने क्रममा स्थानीयको बालीनालीमा क्षति पुग्नुका साथै केही संरचनाहरुमा क्षति पुगेको भन्दै स्थानीयले सडक खन्न अवरोध गरेको छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख सुन्तला रोकायाले जानकारी दिइन् ।

सो क्षेत्रमा स्थानीय जनताहरुलाई दैनिक पारिश्रमिक दिने गरी सडक खन्ने भनिएता पनि उपभोक्ता समितिका पदाधिकारीले डोजर प्रयोग गरेर सडक निमार्ण गर्न थालेपछि स्थानीयले अवरोध गरेको बताइको छ ।

करिब ५१ लाखको लागतका निर्माण गर्न लागिएको सो सडक खण्डमा दलित बस्ती समेत उच्च जोखिममा रहेको हुदाँ अब डोजर प्रयोग नगरी उपभोक्ता समिति मार्फत सडक खन्न सुरु गरिने छायाँनाथ रारा नगरपालिका प्रमुख हरीजंग शाहीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार