8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

दुई प्रधानमन्त्रीबीच ‘वान टु वान’ वार्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख २८, २०७५  

काठमाडौ,२८ वैशाख/  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच होटल द्वारिकाजमा एक्लाएक्लै वार्ता सम्पन्न भएको छ ।

अहिले दुई देशका प्रतिनिधिहरुबीच औपचारिक भेटवार्ता चलिरहेको छ ।

एक्लाएक्लै वार्तापछि बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनदन गरिएको थियो । अभिनन्दनपछि बोल्दै उहाँले दुईदेश बीचको सम्बन्ध राजा जनकको पालादेखि रहेको र त्यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभएको थियो ।

त्यसलगत्तै काठमाडौं आइपुगेका मोदीलाई टुडिखेलमा गार्ड अफ अनर प्रदान गरिएको थियो । त्यसपछि उहाँले बहादुरभवन पुगी उपराष्ट्र्पति नन्दबहादुर पुनसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा दुइ देशबीचको प्राचीन सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।

त्यसलगत्तै राष्टपति भवन शीतल निवासमा राष्टपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा आपसी हितका विषयमा छलफल भएको थियो । -ujyaalooline

प्रकाशित मितिः शुक्रबार, बैशाख २८, २०७५     9:43:31 PM  |