नेपालगन्ज,२८ बैशाख/ नेपालगन्जमा जारी १४ वर्षमूनिको मेयरकप अन्तर बिद्यालय छात्र÷छात्रा फुटबल प्रतियोगितामा शुक्रवार भएको पहिलो खेलमा दिपज्योति चिसापानीले भेरी विद्यामन्दिरलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ ।
१४ वर्ष मुनि तर्फ भएको पहिलो खेलमा दिप ज्योति मावि चिसापानीले विजयी हासिल गरेको हो । दिप ज्योतिका भुपेन्द्र थापाले २ गोल गर्न सफल भएका थिए भने भेरी विद्यामन्दिरका मोहन बोहराले एक गोल फर्काउन सफल भएका थिए ।
यस्तै दोश्रो खेलमा भुतपुर्व सैनिक स्कुलले जय बागेश्वारी स्कुल नेपालगन्जलाई २ का बिरुद्ध ३ गोलले पराजित गरेको छ । भुतपुर्व सैनिक स्कुलका तर्फबाट प्रबिन थापाले २ गोल र कोशिष आलेले १ गोल गरेका थिए । यस्तै जय बागेश्वरीका तर्फबाट अविशेष खत्री र आयुश गुरुङले एक एक गोल फर्काउन सफल भए पनि एक गोलका कारण पराजय हुन पुगेका थिए ।
यस्तै सिनियर ब्वायज तर्फ दिपज्योति चिसापानीले २ गोल गर्दैै सागरमाथा स्कुललाई पराजित गरेको छ । दिपज्योति चिसापानीका तर्फबाट भुपेन्द्र पाण्डे र सन्देश शाहीले एक एक गोल गरेर दिप ज्योतीले विजयी हासिल गरेको छ । यस्तै पशुपति मावि राँझा र गुराँस चायल्ड विच प्रतिस्पर्धा भएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा पशुपति मावि र गुराँस चायल्ड विच भएको खेलमा कुनै पनि खेलाडी ले गोल गर्न नसकेपछि रेफ्रिले सिधै ट्राईबेकरमा पु¥याएको थियो । ट्राइबेकरमा पशुपतिले गुराँस चायल्डलाई ४ का विरुद्ध १ गोलले पराजय गरेको थियो ।
बाँके जिल्ला फुटबल संघ र नेपालगन्ज उपमहानगरपालिकाको सयुक्त आयोजनामा भएको खेलमा १४ बर्ष मुनि र १६ बर्ष मुनि ब्वायज तथा १६ बर्ष मुनिको गर्ल्स गरि ३ वटा विधामा प्रतिस्पर्धा भई रहेको प्रतियोगितामा बाँके जिल्ला भरिका ३४ वटा टिमले सहभागिता जनाएका छन् ।
यु–१४ ब्वायजमा जम्मा १६ विद्यालयका टिमले सहभागिता जनाएका छन् भने यु–१६ ब्वायज टिममा १४ विद्यालयका टिमले सहभागिता जनाएका छन् । त्यसै गरि यु–१६ गर्ल्समा ४ विद्यालयका टिमले सहभागिता जनाएका छन् ।