खोलाले बगाउँदा बझाङमा ५ जनाको मृत्यु



 बझाङ, २४ वैशाख/  खहरे खोलाले बगाउँदा बझाङमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

शनिबार राति आएको अविरल वर्षापछि थलारा गाउँपालिका–४ को खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक, उनकी श्रीमती २६ वर्षीया देवकी, १२ वर्षीया छोरी मनिषा, तीन वर्षीय छोरा सक्षम तथा हर्ककी भाउजु ३५ वर्षीया कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा डिक्लीगाड खोलाले उनीहरुलाई बगाएको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २४ गते सोमबार