बाँसगढी,२१ वैशाख/ बर्दियाको बाँसगढीमा नेपाली बिषय पढाउने शिक्षकहरुका लागि पढाइ शिक्षण तालिम सुरु भएको छ । शैक्षिक जनशक्ति बिकास केन्द्रको राष्ट्रिय प्रारम्भिक पढाई कार्यक्रम अन्तगर्त बाँसगढीका कक्षा १ देखि ३ कक्षा सम्म नेपाली शिक्षक पढाउने शिक्षकहरुका लागि बिहिबार देखि पढाई शिक्षक तालिम सुरु भएको छ ।
विभिन्न समुहमा गरि १ महिना सम्म सञ्चालन हुने तालिममा पढाई सम्बन्धी सम्पुर्ण कुराहरु सिकाईने प्रशिक्षक भेषराज गैरेले जानकारी दिए । पढाई शिक्षणको लागि शिक्षकलाई ८ प्रकारका सामाग्री र बिद्यार्थीहरुको लागि १५ प्रकारका सामाग्री उपलब्ध हुने प्रशिक्षक गैरेले जनाए ।
पढाई शिक्षण तालिममा बाँसगढी नगरपालिका भित्र रहेका ४० ओटा बिद्यालयका २।२ जना गरी ८० जना नेपाली बिषयका शिक्षकहरुको सहभागिता रहने
छ । नगर शिक्षा शाखा प्रमुख निलकण्ठ रेग्मीको अध्यक्षतामा भएको तालिमको बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रमको सञ्चालन स्रोत व्यक्ति ढाकाराम ढकालले गरेका थिए । पहिलो समुहको तालिमा २८ जना सहभागि भएका छन् । तालिममा राष्ट्रिय तथा जिल्ला प्रशिक्षक भेषराज गैरे र केशव राज पोख्रेलले प्रशिक्षण दिईरहेका छन । बाँसगढीमा उद्घाटन गरिएको तालिम शुक्रबार देखि ककौरा स्रोत केन्द्रमा सञ्चालन हुने छ ।








प्रतिक्रिया दिनुहोस्