एभरेष्ट बैंकको शाखा बाँसगढीमा



बर्दिया,६ बैशाख/  एभरेष्ट विकास बैंक लिमिटेडले बर्दियाको बाँसगढीमा एटिएमसँगै आफ्नो शाखा विस्तार गरेको छ । बाँसगढी नगरपालिकाका नगर
प्रमुख शालिकराम अधिकारीले बंैकको शाखा र एटिएम विधिवत् रुपमा बुधबार उद्घाटन गरेका हुन् ।

नेपालकै उत्कृष्ट बैंकहरुमध्ये तेस्रो स्थापनमा पर्न सफल बैंकको बाँसगढीमा शाखा विस्तारसँगै बाँसगढी क्षेत्रका समुदायले एभरेष्ट बैंकबाट पनि विभिन्न सेवा पाउने भएका छन् ।

बाँसगढी क्षेत्रमा रहेका अन्य बैंकहरु भन्दा सरल, छिटो र सजिलो तरिकाले फरक विशेषतासहित बैंकले यस क्षेत्रका समुदायहरुलाई सेवा दिने बाँसगढी शाखा
प्रवन्धक श्याम सुन्दर पाण्डेले बताए ।

एभरेष्ट विकास बंैक लि.का प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर प्रमुख शालिकराम अधिकारी, ईलाका प्रशासन कार्यालय बाँसगढी प्रमुख महेन्द्रजंग शाही, इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल, बाँसगढीमा रहेका विभिन्न बैंकका शाखा प्रमुख, राजनितिक दलका प्रतिनिधी, समाजसेवी, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख ६ गते बिहीबार