नेपालगन्ज,३० चैत/ बाँकेमा बिहिबार सम्पन्न एक भेलाले तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को पहलमा आरती बिकको संयोजकत्वमा १२ सदस्यीय मानव अधिकार रक्षक संजाल बाँके गठन गरेको छ ।
थर्ड एलायन्सको पहलमा गठन भएको कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही तथा उत्तरदायी बनाउका एवम स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउनका लागि संजाल गठन गरेको बताए ।
उनले मानव अधिकारका क्षेत्रमा गरिने सबै खालका गतिविधिमा निगरानी गर्ने र संजाललाई प्रभवकारी बनाउन थर्ड एलायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिकिर गरे ।
थर्ड एलायन्सका प्रमुख खानले रक्षक संजालले सेवा प्रदायक निकाय र सेवाग्राहीवीच समन्वय र सहकार्य गर्दै सहयोगीको भूमिका निर्वाह गर्नु रहेको बताएका थिए ।
संजालको सहसंयोजकमा सियाराम धोबी, सचिव असलम भाट,सहसचिव सबित्री विश्वकर्मा, सदस्यहरुमा हिरा खत्री,प्रेम बिश्वकर्मा, जाहिद अहमद शेख, ओम प्रकाश यादव, अमृता कुमारी घर्ति, तुलसा घर्तिमगर, सुनिल चौधरी र रिया लामा रहेका छन् ।
संजालले आफनो प्रथम बैठक आज नै सम्पन्न गरेको संयोजक तुलसा विकले बताए । बैठकलाई सम्बोधन गर्दै संयोजक बिकले मानव अधिकार मैत्री स्थानीय निकायलाई बनाउन कुनै कसर बाँकी नराख्ने जिकिर गर्दै संजालले आफनो सदस्यहरुको संख्य वृद्धि गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्