जिएसटी लागू, जडीबुटीलाई करको भार



नेपालगन्ज,२७ चैत/    जडीबुटी निर्यातमा भारतको उत्तरप्रदेश राज्यको छुट्टैै ‘ट्रान्जिट परमिट’ को मार खेप्दै आएका नेपाली जडीबुटी व्यवसायीहरुले पछिल्लो समय भारतमा लागू भएको वस्तु तथा सेवा कर जिएसटी समेत तिर्नुपरेको छ ।

थरीथरीका करहरु तिर्नुपरेका कारण करोडौको जडीबुटी व्यवसाय मारमा परेको जडीबुटी व्यवसायी संघ नेपालगन्जका अध्यक्ष याकुब अन्सारीले बताए । ‘भारतको प्रदेश सरकारदेखि केन्द्र सरकारसम्म ट्रान्जिट परमिटका बारेमा कुरा पु¥यायौं तर सुनुवाई होला भनेको झन् जिएसटी पो लागू भयो ।’

अध्यक्ष अन्सारीले भने,–‘मारमा मार थपियो ।’ जिएसटी लागु भएपछि निर्यात खर्च बढेको र त्यसको सिधा मार जडिबुटी किसानहरुलाई पर्ने उनको
भनाइ छ ।

मध्यपश्चिमका पहाडी जिल्लाका किसानहरुले उत्पादन गरेको जडिबुटी नेपालगन्जका व्यवसायीहरुले भारत लगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । करहरु थपिदा जडिबुटी किसानबाट मुल्य घटाएर जडिबुटी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीहरुको भनाइछ ।

‘ट्राञ्जिट परमिट’ प्रणाली लागू भएपछि निकासीमा झन्झटिलो भएपछि नेपालगञ्जमा जडिबुटी गोदाममा थन्किएरहेको छ । पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । उनले भने, ‘यो विषयमा सरकार गम्भिर भएर लागेको छैन् ।

सरकारलाई लामो समयदेखि समस्याका बारेमा जानकारी गराउ“दा समेत जडीबुटी व्यवसायीका बारेमा सरकार नलागेको आरोप समेत लगाए ।
भारतीय ट्राञ्जिट परमिटकै कारण नेपालगन्ज नाकाबाट भारतलगायत तेस्रो मुलुकमा जडीबुटी निकासी घटेको छ ।

वर्षनी जडिबुटी निकासी घटेको व्यवसायी बताउ“छन् । ठुला व्यवसायी घुस दिएर निकासा गरेपनि साना व्यवसाय पलायन हुनुपरेको छ । नेपालगन्ज हु“दै
भारत, अमेरिका, चीन, पाकिस्तान, बङगलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुन्छ ।

ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसी लगायतका जडीबुटी निर्यात हुने गर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २७ गते मंगलबार