‘गुन्डानाइके’ गणेश लामा जेल चलान



काठमाडौं,२६ चैत/  राजधानीको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुन्डानाइके’ गणेश लामालाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरेको छ ।

गत ३० फागुनमा राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लामालाइ हतियारसहित पक्राउ गरेको थियो ।

उनीबाट चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको दाबी प्रहरीले गर्दै आएको छ । उनले उक्त हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् ।

तर, अनुसन्धानबाट उनी दोषी देखिएको भन्दै पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

उनलाई इजाजतबिना हातहतियार लिइ हिँडेको अभियोगमा जिप्रका काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २६ गते सोमबार