फुलटेक्रा खुला दिसामुक्त वडा घोषणा



नेपालगन्ज,२४ चैत/    बाँकेलाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्ने तयारीलाई तीव्र पारिएको छ । यसक्रममा नेपालगन्ज वडा नं.६ लाई शुक्रबार खुला दिसामुक्त वडा घोषणा गरिएको छ ।

नेपालगन्ज उप–महानगरलाई खुल्ला दिसामुक्त बनाउने अभियानअन्तर्गत शुक्रबार वडा नं.६ फुलटेक्रालाई खुला दिसामुक्त घोषणा गरिएको हो । आठ सय ७० घरधुरी रहेको वडा नं.६ मा सबैजसो घरमा शौचालय बनेपछि एक समारोहबीच खुल्ला दिसामुक्त वडा घोषणा गरिएको हो ।

२३ वटा वडा रहेको नेपालगन्जमा १९ औं वडाका रुपमा वडा नं. ६ लाई खुला दिसामुक्त वडा घोषणा गरियो । खुला दिसामुक्त वडा घोषणा समारोहमा वडा ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले वडाबासीका तर्फबाट अब खुला ठाउँमा दिसा नगर्ने, सरसफाइ राख्ने लगायतका १३ बुँदे प्रतिबद्धता पनि जनाएका थिए ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि स्वास्थ्य र सरसफाइमा विशेष सतर्कता अपनाउन अझै जरुरी रहेको धारणा राखे । नेपालगन्ज उप–महानगर प्रमुख डा धवल शम्शेर राणाले नगरलाई नै खुला दिसामुक्त गर्ने अभियान अब सफलता उन्मुख भएको
भन्दै सबैलाई धन्यवाद ज्ञापन दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २४ गते शनिबार