काठमाडौं,१९ चैत/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । 
बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेलको भाउ प्रतिलिटर ८५ रुपैयाँ कायम भएको छ । निगमले दुई महिनाअघि मात्र पेट्रोलको मूल्य घटाएर १ सय ३ रुपैयाँ कायम गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ । -ujyaaloonline.com
प्रकाशित मिति : २०७४ चैत १९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्