सार्वजनिक सुनुवाइ सम्पन्न



रावन विश्वकर्मा बर्दिया,१५ चैत/   बर्दियाका सामुदायिक संस्थाहरुको साधारणसभा तथा सार्वजनिक सुनुवाइ बुधबार बाँसगढी नगरपालिका वडा ९ माछागढमा सम्पन्न भएको छ ।

गेरुवा ग्रामीण जागरण संघद्वारा सञ्चालित बाँसगढी नगरपालिकाको वडा नं. ९ मा १७ वटा सामुदायिक संस्थाहरुले आर्थिक वर्ष २०७३÷०७४को आ आफ्नो आय व्याय प्रस्तुत गरेका थिए ।

१७ वटा सामुदायिक संस्थाहरुको जम्मा सामुहिक अनुदान ५ लाख ९० हजार ३ सय १८ रहेको छ भने गरिबी निवारण कोषको अनुदान ५१ लाख ६० हजार ४ सय ६४ रहको छ ।

भौतिक पूर्वाधार अन्तर्गत डिप बोरिङ तथा कुलो निर्माण १४ वटामा सामुदायिक संस्थाहरुको लगानी ५ लाख २६ हजार ३९ रुपैयाँ र गरिबी निवारण कोषको अनुदान १२ लाख ३६ हजार ९ सय ३८ रुपैयाँ रहेको छ ।

त्यसैगरी विद्युत विस्तार उप परियोजना ४ ओटामा सामुदायिक संस्थाहरुको लगानी ३ लाख ६३ हजार ८ सय २६ र गरिबी निवारण कोषको अनुदान ३८ लाख ४७ हजार ८ सय ११ रुपैयाँ लगानी गरेको गेरुवा ग्रामीण जागरण संघका सामाजिक परिचालक लक्ष्मी धम्लहवाले जानकारी दिए ।

जनजागृति सामुदायिक संस्थाका अध्यक्ष लक्ष्मी थारुको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ९ का वडा अध्यक्ष जय बहादुर चन्द ठकुरी, वडा सदस्य लालबहादुर थारु, लालिमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जुना खड्का, गेरुवा ग्रामीण जागरण संघका एलआरपी अनिता थारु, बरघर, बुद्धिजिवी, समाजसेबी, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधि, सदस्यलगायत सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १५ गते बिहीबार