सुदूरपश्चिमको सांस्कृतिक यात्रा नेपालगञ्ज आउँदै



नेपालगञ्ज,१४ चैत/  सुदुरपश्चिम को कला,संस्कृति झल्किने नाच, गीतसंगीत र झाकीहरु विहिवार नेपालगंजमा प्रदर्शन गरिने भएको छ ।

सुर्खेतरोड धम्वोझी स्थित नेपाल प्रहरी व्यायामशाला मैदानमा उतm कार्यक्रम गरिएकोे सुदूुरपश्चिमेली समाज नेपालगंजका महासचिव जयनारायण शाहले बताएका छन् ।

सुदूुरपश्चिम साहित्य समाजद्धारा आयोजित महाकाली–मेची सांस्कृतिक–साहित्यक पर्यटकिय जागरण तथा प्रदर्शनयात्रा बिहिवार नेपालगंज आईपुग्ने र उतm कार्यक्रम आयोजना गरिन शाहले बताए । सवैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको थियो ।

महाकाली नदीको पानी बोकेर कलाकार,साहित्यकार र पत्रकार गरि ४५ जनाको टोली बिहिवार विहान धनगढी बाट यात्रामा निस्किेनेछन् । यात्राको शुभारम्भ सुदुरपश्चिमका मुख्यमन्त्रीले शुभारम्भ गरि टोलीलाई बिदाई गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिम क्षेत्रको भाषा,साहित्य,लोक तथा जातिय संस्कृति,ऐतिहासिक सम्पदा, पर्यटकियस्थल धार्मिक धरोहर को प्रबद्र्धन र प्रचार प्रसार गर्नु अभियानको उद्देश्य हो ।

यात्रामा सुदुरपश्चिमको सांस्कृतिक विविधता बोकेको हुड्केली, भुओ, गमरा, चौधरीहरुको साखिया,छलिया, रानाथारुको होरी, समग्र सेती महाकाली अंचलको देउडा लगायतका लोकनृत्यहरुको प्रस्तुति रहनेछ ।

संगै सुदूरपश्चिमका प्रसिद्ध धार्मिक सक्तिपीठहरु र पर्यटकिय महत्वका फोटोहरु समेत प्रदर्शनी गरिएको छ ।
चर्चित देउडा गायक,संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ यज्ञराज उपाध्यायले ‘राईझुमा झुमा क्या मस्क्याकी छौ’  लगायतका गीत प्रस्तुत गरेका थिए ।

गीत संगीतको प्रस्तुती पछि साहित्यकार,पत्रकार र विभिन्न क्षेत्रका व्यतिmत्वहरुसँंग अन्तरक्रिया भएको छ । साहित्यकार मदनपुरुस्कार विजेता तथा साहित्य समाजका अध्यक्ष रामलाल जोशी सहितका साहित्यकारहरु यात्रामा सहभागी छन् यात्रामा नवलपरासी,कावासोती, चितवन, पोखरा,काठमाण्डौ, जनकपुर, इटहरी हँुदै भारतको गुहावटी, आसाम, सिक्किम, दार्जिलिङ्ग हुँदै बैशाख २०७५ मा धनगडीमा भव्य कार्यक्रमवीच समापन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १४ गते बुधबार