नेपालगञ्ज,१३ चैत/ नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसले हालै अनियमित तरिकाले आंशिक प्राध्यापकहरु नियुक्त गरेको बिषयमा त्रिभुवन विश्वविद्यालयले चाँसो देखाएकोछ ।
चैत्र ५ गते नेपालगञ्ज निवासी नमस्कार शाहले क्याम्पसले अनियमित तरिकाले कर्मचारी नियुक्त गरेको लगाएतका विषयमा क्याम्पससँग सूचना माग्न खोज्दा निवेदन दर्ता गर्न नमानेको भन्दै हेलो सरकारमा उजुरी दिएका थिए ।
हेलो सरकारमा उजुरी दिए लगत्तै उक्त गुनासोको सुनुवाई गर्दै त्रिभुवन विश्वविद्यालयले चैत्र १२ गते महेन्द्र बहुमुखी क्याम्पसलाई जनगुनासो व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
विश्वविद्यालयले भनेकोछ– उक्त गुनासोलाई उच्च प्राथमिकतामा राखेर आवश्यक कारवाही गरी यथासिघ्र जानकारी उपलब्ध गराउन हुन निर्देशनानुसार अनुरोध छ ।
प्रकाशित मिति : २०७४ चैत १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्