डोटी,१३ चैत/ सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम् धार्मिक क्षेत्र खप्तडमा पहिलो पटक अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएको छ । 
नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी, कैलालीले आयोजना गर्ने पदयात्रा तथा काव्य सम्मेलनमा नेपाल र भारतका सन्तहरु, साहित्यकारहरु र सञ्चारकर्मीहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बैशाखको मध्यतिरबाट पदयात्रा शुरु गर्ने गरी तयारी भइरहेको बताउनु भयो । ‘कम्तीमा दुई–तीन महिनासम्म खप्तड पदयात्रा सञ्चालन होस् भन्ने हाम्रो उद्देश्य हो’, जोशीले भन्नुभयो ‘पदयात्राका क्रममा खप्तड क्षेत्रका साथसाथै डोटीमा रहेका पवित्र धार्मिक स्थलहरु शैलेश्वरी, दिलिपेश्वर, पशुपतिलगायतका क्षेत्रहरुको पनि दर्शन गरिनेछ ।’
खप्तड क्षेत्रको धार्मिक तथा पर्यटकीय विकास र प्रचारमा सहयोग पुर्याउने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको अध्यक्ष जोशीले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्