काठमाडौं,२ चैत/ शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसमा विदा दिइएको छ ।
पूर्वउपकुलपति डा. गोविन्द शर्माको निधनमा शोक मनाउन देशभरका आंगिक क्याम्पसमा विदा दिइएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत सञ्चालन हुनेछन् ।
शर्माको ७५ वर्षका उमेरमा रुसमा उपचारका क्रममा निधन भएको हो । विसं २०५९ मा उपकुलपति भएका डा शर्माको शव बिहीबार नै काठमाडौं ल्याइएको छ ।
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्