24 June 2024  |   सोमवार, असार ११, २०८१

‘पदमुक्त’ प्रधानन्यायाधीशबाटै राष्ट्रपतिले लिइन् सपथ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४  

काठमाडौं,३० फागुन/  नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् ।

न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४     5:21:14 PM  |