1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

१४५ तोला सुनसहित सिनामंगलबाट ६ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४  

काठमाडौं,२९ फागुन/ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

दुबईबाट ब्यूटीपार्लरमा कपाल सीधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाइ–छिपाइ ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर रहेका छन् ।

शशीकला भण्डारीको श्रीमान्ले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री–वितरण गर्ने गरेको अनुसन्धानकाक्रममा खुलेको प्रहरीले जनाएको छ ।

बुढाथोकीले चलाएको बा१६च ३५१० नम्बरको कालो कारबाट टोलीले सोमबार उक्त परिमाणको सुन बरामद गरेको हो । -रासस

प्रकाशित मितिः बुधबार, फाल्गुन ३०, २०७४     8:28:42 AM  |