20 June 2024  |   बिहिबार, असार ७, २०८१

बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कारवाहीको माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४  

कैलाली,२६ फागुन/ शनिबार बसेको प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकमा राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कडा कारवाहीको माग गरिएको छ ।

विषेश समय माग गर्दै तीन जना महिला प्रदेशसभा सदस्यले नारी दिवसका दिन बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएकी चौधरीको सम्पूर्ण उपचार राज्यले गर्नुपर्ने माग गरेका हुन् ।

प्रदेशसभा संसदमा विशेष समय माग गर्दै डोटीबाट प्रदेश सभा सदस्य पूर्णा जोशीले यो महिलामाथि भएको हिंसाको पराकाष्ठा भएको बताउनुभयो । ठूलो घटना मिलाउन खोज्ने प्रहरी र जनप्रतिनिधिलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने राजपाको तर्फबाट प्रदेशसभा सदस्य मालामती रानाले बताउनुभयो ।

महिलाहरुको उत्सवकै दिन ठूलो जघन्य अपराध गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुन संसदमा माग गरेको बझाङबाट प्रदेश सभा सदस्य देवकी मल्लले बताउनुभयो । कैलालीको घोडाघोडीकी राधामाथि महिला दिवसको दिन बोक्सीको आरोपमा निर्घात कुटपिट भएको थियो । चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।

-ujyaaloonline.com

प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४     8:08:00 PM  |