काठमाडौं,२५ फागुन/ राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा एमालेका उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।
राजपा अध्यक्षमन्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
उनकाअनुसार वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ ।
सत्ता नेतृत्वकर्ता एमाले र नेकपा माओवादी केन्द्रसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ ।
महासचिव झाले संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्नेगरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको बताए ।
राष्ट्रपति भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । रासस
प्रतिक्रिया दिनुहोस्