1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

प्रदेश नं.७ का मुख्यमन्त्री भट्टले लिए विश्वासको मत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४  

कैलाली,२२ फागुन/  सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत पाउनुभएको छ । प्रदेश नम्बर ७ को संसदमा भएको मतदानमा मुख्यमन्त्री भट्टले ३८ पक्षमा र १० मत विपक्षमा पाउनुभएको हो ।

५३ जना सांसद रहेको यो प्रदेशमा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री भट्टलाई २७ मत आवश्यक पर्ने थियो । विश्वासको मतका लागि संसदमा भट्टलाई माओवादी सांसद वीरमान चौधरीले प्रस्ताव र एमाले सांसद तारा लामा तामाङले समर्थन गर्नुभएको थियो ।

मंगलबारको संसद बैठकमा कांग्रेसका चार जना सांसद आएका थिएनन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४     7:35:48 PM  |