कांग्रेस संसदिय दलको नेतामा देउवा र उपनेतामा गच्छदार



काठमाडौं,२१ फागुन/  नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाए ।  प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कुल ६३ जना सांसद छन् ।

गच्छदार दलको उपनेतामा मनोनीत

संसदीय दलको नेता चयनपछि सोमबारै बसेको कांग्रेस संसदीय दलको बैठकले विजयकुमार गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेको छ ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै दलका नेता देउवाले सरकार ‘हनिमुन’ अवधि पनि नपुग्दै गलत काममा लागेकाले कांग्रेसले संसदमा त्यसको प्रतिरोध गर्ने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार