पेट्रोलको मूल्य घट्यो



काठमाडौँ,२१ फागुन/   नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ ।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ रुपैयाँबाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब निगमले पाक्षिकरुपमा १५ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरिएको छ ।

–रासस

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार