रावन विश्वकर्मा : बर्दिया,१८ फागुन/ बर्दिया बहुमुखी क्याम्पस लक्ष्मणाले विद्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।
बाँसगढी नगरपालिकामा रहेको सो क्याम्पसले भव्य र सव्य रुपमा कार्यक्रमको आयोजना गरी बिबिएस र बिएड प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थीहरुलाई बिदाई गरिएको हो ।
कार्यक्रममा बिबिएस प्रथम वर्षमा १२ जना र बिएडमा २४ जनालाई स्वागत तथा बिबिएस चौथो वर्षका ११ जनालाई बिदाई गरिएको स्ववियु सभापति सागर पौडेलले बताए ।
स्ववियु सभापति सागर पौडेललेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा पुर्व सांसद श्याम ढकाल, क्याम्पस प्रमुख शिक्षक बिद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा स्वबियु सभापति पौडेलले क्याम्पसमा गरिने यस्ता किसिमका कार्यक्रमहरुले बिद्यार्थीहरुको बिचमा एकता समधुर सम्बन्ध र नेतृत्व बिकासमा राम्रो भुमिका खेल्न सक्ने भएकाले कार्यक्रमको आयोजना गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्