20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद विस्तार, रक्षा मन्त्रीमा पाेखरेल, गृहमा थापा र अर्थमा खतिवडा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

काठमाडौं,१४ फागुन/  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । फागुन ३ गते प्रधानमन्त्री हुनुभएका ओलीले त्यही दिन ३ सदस्यीय मन्त्रीमण्डलको गठन गर्नुभएको थियो ।

सोमबार उहाँले एमालेका २ र माओवादी केन्द्रका २ गरी चारजना मन्त्री थप्नुभएको हो ।

एमालेबाट बनेका मन्त्री

इश्वर पोखरेल – रक्षामन्त्री

युवराज खतिवडा – अर्थमन्त्री

एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनित अर्थमन्त्री खतिवडालाई सर्वाेच्च अदालतले शपथ खानको लागि रोक लगाएको छ ।

उहाँ राष्ट्रियसभा सदस्य नरहे पनि संविधानले उहाँलाई मन्त्री बन्नको लागि भने रोकेको छैन् । मन्त्री भएको ६ महिनाभित्रमा सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले उहाँ मन्त्री हुनुभएको हो ।

रक्षामन्त्री इश्वर पोख्रेलले यसअघि अापूर्ति मन्त्रालयकाे जिम्मेवारी समाल्नुभएकाे थियाे भने अर्थमन्त्री युवराज खतिवडा राष्ट्रबैंककाे पूर्व गर्भनर तथा राष्टिय याेजना अायाेगकाे उपाध्यक्ष समेत रहनुभएकाे थियाे ।

माओवादी केन्द्रबाट बनेका मन्त्री

रामबहादुर थापा – गृहमन्त्री

मातृका यादव – उद्योग वाणिज्य तथा आपूर्ति

यसअघि एमालेका लालबाबु पण्डित वातावरण तथा जनसंख्या र थममाया थापा बालबालिका तथा सामाजिक कल्याण मन्त्रीमा नियुक्त भैसक्नुभएकाे छ ।

माअाेवादीबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा यसअघि रक्षामन्त्री भैसक्नुभएकाे छ भने  उद्योग वाणिज्य तथा आपूर्ति मातृका यादव यसअघि वन मन्त्री हुनुभएकाे थियाे ।

-ujyaaloonilne.com

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     7:05:51 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *