काठमाडौं,१३ फागुन/ सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टा अर्थात तीन दिनभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आइतबार अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।
प्रधानन्यायाधीश पराजुलीले आफ्नो जन्म मितिका बारेमा छापिएका समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको रिटमा आफैंले सुनवाई गरेर आदेश दिनुभएको हो । सामान्यता न्यायधीशले आफू र आफ्ना नातेदारसँग सम्बन्धित मुद्दामा आफैंले सुनुवाई नगर्ने चलनलाई तोड्ने पराजुलीले आफूसँग सम्बन्धित मुद्दामा आफैले सुनुवाई गर्नुभएको हो ।
आदेशमा बयानका लागि ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ ।
आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेश जारी गरेको छ ।
-ujyaaloonline.com
प्रतिक्रिया दिनुहोस्