20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४  

काठमाडौं,११ फागुन/  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन बिहीबार पठाएको हो । यो निर्देशनसँगै आगामी एक महिनाभित्र विदेश जाने तयारीमा रहेका करिब ३ सय ५० सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित भएको छ ।

कर्मचारी विदेश भ्रमणमा नजाने भएपछि राज्य ढुकुटीबाट करिब २१ करोड रुपैयाँ जोगिएको छ । आन्तरिक स्रोतले नियमित खर्च धान्न नसकि सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी लर्को बाँकी करोडौं रुपैयाँ खर्चेर अनावश्यक रुपमा विदेश भ्रमणमा निस्केपछि त्यसलाई नियन्त्रण गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो । –नागरिक दैनिकबाट

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०७४     8:04:24 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *