आज बोलाइएको कांग्रेसको बैठक स्थगित, अर्को बैठक शनिबार बस्ने



काठमाडौं,१० फागुन/   नेपाली कांग्रेसका सांसदको बैठक शनिबार बस्ने भएको छ ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदको संयुक्त बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेर त्यसअघि सांसदको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

बैठकमा संसदीय दलको गठन र विधान परिमार्जनलगायत विषयमा छलफल हुने र त्यसपछि मात्रै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १० गते बिहीबार