20 April 2021  |   बुधबार, बैशाख ८, २०७८

आर्थिक समृद्धिको एजेन्डालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४  

काठमाडौं,७ फागुन/  नयाँ सरकार गठनपश्चात् मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालका ४१औं प्रधानमन्त्री बन्न सफल भएकोमा केपी शर्मा ओलीलाई बधाइ ज्ञापन गरेको छ ।

मुलुकभरका तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता संगठन महासंघले नयाँ सरकार र सबै प्रमुख राजनीतिक दलहरूलाई मुलुुकको आर्थिक विकासका लागि समर्पित रहने आफ्ना घोषणापत्र स्मरण गराउँदै यसप्रति प्रतिबद्ध रहन आग्रह गरेको छ ।

नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसात् गरी आर्थिक समृद्धिको एजेन्डालाई नै प्राथमिकतामा राख्नुपर्नेमा महासंघको जोड छ ।

लामो समयको अन्तरालपछि प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुकमा वामपन्थीहरुको स्थायी सरकार गठन भएको परिप्रेक्ष्यमा अब मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको महासंघले जनाएको छ ।

मुलुककोे आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले यस सरकारले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रबद्र्धनका लागि नीतिगत व्यवस्था गर्ने अपेक्षा महासंघले गरेको जनाएको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन ७, २०७४     8:41:05 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *