प्रदेश नम्बर ३ मा वाम गठबन्धनका ६ र कांग्रेसका २ जना विजयी



काठमाडौं,२४ माघ/  राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश नम्बर ३ का विजयी आठ जना सदस्यको नाम सार्वजनिक भएको छ । विजयी भएका आठ जनामध्ये ६ जना वाम गठबन्धनका र दुई जना नेपाली कांग्रेसका सदस्य छन् ।

वाम गठबन्धनबाट एमालेका बलराम प्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदया पौडेल शर्मा, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी हुनुभएको हो । यस्तै माओवादी केन्द्रबाट रामबहादुर थापा बादल विजयी हुनुभएको छ ।

कांग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी हुनुभएको निर्वाचन आयोगका शाखा अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार विजयी भएका राष्ट्रियसभा सदस्यको आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।

-ujyaaloonline.com

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २४ गते बुधबार